उपचार तथा पुनर्स्थापना केन्द्र कसरी स्थापना गर्न सकिन्छ ?
लागुऔषध प्रयोगकर्ताहरूको लागि उपचार, तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ बमोजिम देहाय बमोजिमका केन्द्र स्थापना गर्न सकिने व्यवस्था छ ।
- नेपाल सरकारको लगानी र व्यवस्थापनमा सञ्चालन हुने केन्द्र,
- नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको लगानी र व्यवस्थापनमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले कुनै समुदाय वा गैरसरकारी संस्थासँग साझेदारी गरी सञ्चालन हुने केन्द्र,
- गैरनाफामुलक संस्थाको रुपमा दर्ता भएको संस्थाबाट सञ्चालन हुने केन्द्र,
- प्रचलित कानून अनुसार व्यवसायको रुपमा दर्ता गरी सञ्चालन हुने केन्द्र ।
