लागु औषध नियन्त्रणका प्रमुख पक्षहरू/आयामहरू (Dimensions)के-के हुन् ?
नेपालमा लागु औषध नियन्त्रण सम्बन्धी मूख्य मार्गदर्शक दस्तावेजका रुपमा लागु औषध राष्ट्रिय नीति, 2063 रहेको छ। सो नीति अनुसार लागु औषध नियन्त्रणका प्रमुख पक्षहरू/आयामहरू (Dimensions) देहायबमोजिम छन्
- आपूर्ति नियन्त्रण (Supply Control)
- माग घटाउने (Demand Reduction)
- उपचार तथा पुनर्स्थापना (Treatment and Rehabilitaion)
- क्षती न्युनिकरण (Harm Reduction)
- अनुसन्धान र विकास (Research and development)
- सहकार्य तथा स्रोत साधन उपयोग (Partnership and Resource utilization)
