प्रचलित कानून अनुसार व्यवसायको रुपमा दर्ता गरी पुनर्स्थापना केन्द्र सञ्चालन गर्न इच्छुक संस्था वा व्यवसायिक फर्मले केन्द्र सञ्चालन गर्नुपूर्व गृहमन्त्रालयबाट आबद्धता लिन आवश्यक कागजातहरू के के हुन् ?
- संस्था दर्ता प्रमाणपत्र तथा करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
- सम्बन्धित संस्था वा व्यवसायिक फर्मको विधानको प्रतिलिपि,
- केन्द्र स्थापना गर्ने स्थानको नक्सा,
- सम्बन्धित स्थानमा केन्द्र सञ्चालन गर्न उपयुक्त हुने भनी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गरेको सिफारिस ।
