विभूषण समितिमा को-को रहने व्यवस्था छ ?
विभूषण समितिको संरचना देहाय बमोजिम रहेको छः-
- वरिष्ठ उपप्रधानमन्त्री वा निज नरहेको अवस्थामा मन्त्रिपरिषद्को वरिष्ठ मन्त्री – अध्यक्ष,
- गृहमन्त्री – सदस्य,
- राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद्ले तोकेको महिला सहित ६ जना – सदस्य,
- गृह सचिव - सदस्य साचिव ।
समितिले अवश्यकता अनुसार उपसमिति गठन सक्ने।
