कस्ता व्यक्तिलाई विभूषण सिफारिस गरिदैन ?
देहायका व्यक्तिलाई विभूषण सिफारिस गरिने छैनः-
- आफूले प्राप्त गरेको विभूषण कसैलाई विक्री गरेको वा बन्धकीमा राखेको,
- आफूले प्राप्त गरेको विभूषणको मर्यादा विपरीत हुने गरी विभूषणको प्रयोग गरेको वा कसैलाई प्रयोग गर्न दिएको,
- निलम्वनमा परेको वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको,
- भ्रष्टाचार, जवर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी पैठारी, सम्पत्ति शुद्धिकरण तथा राहदानी दूरूपयोग सम्बन्धी कसुरमा अदालतको अन्तिम फैसलाबाट सजाय ठहर भएको,
- बैंक तथा वित्तिय संस्थाको ऋण नियतवश नतिरी प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको,
- प्रचलित नेपाल कानूनद्वारा अयोग्य हुन सक्ने आधारहरु समेत आकर्षित हुने,
यी उपर्युक्त खण्ड (क) देखि (च) सम्मका कसुरमा संलग्न भएको प्रमाण फेला परेको अवस्थामा साविकमा घोषणा भई विभूषण (मानपदवी, अलंकार र पदक) पाईसकेको भए सो समेत रद्द गर्न सकिनेछ ।
