प्राप्त गरेको विभूषण कुन अवस्थामा रद्द हुन सक्छ ?
विभूषण ऐन, २०६४ बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषणलाई नेपाल सरकारले देहायको अवस्थामा रद्द गर्न सक्नेछः-
- नेपालका विरुद्ध हातहतियार उठाएमा वा उठाउने कुचेष्टा गरेमा वा शत्रु राज्यलाई कुनै प्रकारबाट सहायता दिएमा वा नेपाल विरुद्ध जासुसी गरेमा,
- नेपालले समेत भाग लिएको युद्धको समयमा नेपालको शत्रु राज्यको तर्पबाट युद्धमा भाग लिएमा,
- आफूले प्राप्त गरेको विभूषण कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा,
- आफूले प्राप्त गरेको विभूषणको मर्यादा विपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा।
