Low Bandwidth Invert Color A- A A+

Study Report with Action Plan regarding Cyber Security

2078-11-12

2078-11-12


मिति २०७८।११।११ , काठमाडौं ।

मिति २०७८।०९।२० को गृह मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार सहसचिव, डा. भीष्मकुमार भूसालको संयोजकत्वमा विद्यमान साइबर सुरक्षाका चुनौतीहरू  एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उपायका सम्बन्धमा सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित अध्ययन समितिले कार्ययोजना सहितको प्रतिवेदन मा. गृह मन्त्री समक्ष पेश गरेको छ।

सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले अनगिन्ती अवसरहरू ल्याएको छ जसको प्रयोग गरी चुस्त, पारदर्शी, सहज, छिटोछरितो सार्वजनिक सेवा तथा सूचना प्रवाह, सामाजिक अन्तरक्रिया आदिको माध्यमबाट सुशासनको प्रत्याभूति र पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनको अपेक्षा गरिएको छ तथापि विविध अवसरहरूसँगै  चुनौती तथा जोखिम बढ्दै गएको विषयलाई नकार्न सकिँदैन ।  राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा नागरिकका दैनिक क्रियाकलापहरू डिजिटल प्रविधिमा निर्भर हुँदै गईरहेको अवस्थामा साइबर सुरक्षा चुनौतीपूर्ण हुँदै गएको छ। सूचना प्रविधिको निरन्तर विकास, बढ्दो प्रयोग एवं गतिशिलतासँगै  दिनानुदिन बढ्दै गैरहेको व्यक्तिगत, संस्थागत डाटा चोरी/ दुरुपयोग, सूचना प्रविधि प्रणालीहरूमाथिको अनाधिकृत पहुँच, साइवर अपराध, सूचना प्रविधि प्रणालीमाथि भइरहेका साइवर आक्रमणको प्रतिरक्षा गर्ने विषयलाई सुनिश्चित गर्न,  साइबर आक्रमणबाट हुन सक्ने क्षतिलाई रोक्न, न्यूनीकरण गर्न र भविष्यमा हुन सक्ने यस्ता आक्रमणहरूबाट सुरक्षित रहन  अत्यावश्यक भएको हुँदा अध्ययन समितिले साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको कानूनी एवं संस्थागत व्यवस्था, साइबर सुरक्षाको विद्यमान अवस्था, नेपालमा हुने साइवर अपराधको प्रवृत्ति विश्लेषण तथा चुनौती अध्ययन गरी साइबर अपराध नियन्त्रण एवं प्रभावकारी साइबर सुरक्षाका लागि  गर्नुपर्ने कार्यहरु सम्बन्धमा निकायगत भूमिका समेत पहिचान गरी कार्ययोजना सहितको अध्ययन प्रतिवेदन तयार पारेको हो।

गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भूसाल संयोजक रहेको उक्त समितिमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार राय; साइबर ब्युरो, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक नबीन्द अर्याल; गृह मन्त्रालयको वरिष्ठ कम्प्यूटर ईञ्जिनीयर सुष्मा श्रेष्ठ; सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव इन्द्र प्रसाद मैनाली; सूचना प्रविधि विभागका निर्देशक शिवजीकुमार गुप्ता रौनियार; राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठ; नेपाली  सेनाका प्रा. प्रमुख सेनानी सन्ध्या पाण्डे;  सूचना प्रविधि निर्देशनालय, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दिपक राज अवस्थी; सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरीक्षक ई. सौरभ राज वन्त र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत शंकर आचार्यले सदस्यका रुपमा कार्य गर्नुभएको थियो।


       

News


View All
Last Updated : 2081-09-25 12:10:22

© All Rights Reserved to Ministry of Home Affairs

Powered By: ProActive Developers