National Identity Card to Dr. Satya Mohan Joshi
2078-07-30
2078-07-30
ललितपुर , २९ कात्तिक
मिति २०७८।०७।२९ मा गृह सचिव टेकनारायण पाण्डेज्यूद्वारा शताव्दी पुरुष डा. सत्यमोहन जोशीज्यूलाई उहाँकै निवास मंगलबजार, ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय परिचयपत्र प्रदान गर्नुभयो । उक्त कार्यक्रममा शताव्दी पुरुष जोशीले उक्त परिचयपत्र लिदै सरकारले यति महत्वपुर्ण परिचयपत्र प्रदान गरेकोमा धन्यवाद दिनुभयो साथै राष्ट्रिय परिचयपत्रलाई सबै सेवा सुविधामा प्रयोग गर्न मिल्ने ब्यवस्था गरी शीघ्र अनिवार्य गर्न अनुरोध गर्नुभयो । उक्त कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र ललितपुर उधोग बाणिज्य संघका पुर्व अध्यक्ष अजिरमान जोशी लगायतका विभागका कर्मचारीको उपस्थिति रहेको थियो ।
