Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विभूषण सिफारिसका आधारहरु के-के हुन् ?

देहाय बमोजिमका आधारहरुबाट विभूषण सिफारिस गरिन्छः-

(क) तोकिएका पदाधिकारी एवं निकायहरुबाट विभूषण समिति समक्ष विभूषणको लागि सिफारिस गर्दा देहायका आधारमा गर्नु पर्नेछः-

  • राष्ट्रको गौरव बृद्धि गर्ने कार्यमा विशेष योगदान पुर्‍याएको पदाधिकारी एवं व्यक्ति,
  • आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरी राष्ट्रलाई योगदान पुर्‍याएको पदाधिकारी एवं व्यक्ति,
  • सरकारी सेवासँग सम्बन्धित व्यक्तिको हकमा आफूलाई तोकिएको कार्य प्रशंसनीय ढंगबाट सम्पादन गरेको व्यक्ति,
  • विदेशी नागरिक भए नेपालको समुन्नति तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्मान, गरिमा र पहिचान बढाउने कार्यमा विशेष योगदान पुर्‍याएको व्यक्ति,
  • कुनै साहसी, बुद्धिमत्तापूर्ण वा लोककल्याणको हित हुने कार्य गरी विशेष योगदान पुर्‍याएको व्यक्ति,

(ख) विभूषण सिफारिस गर्दा देहाय बमोजिमको योगदान तथा मानक समेतका आधारमा सिफारिस गरिनेछः-

  • सम्बन्धित व्यक्तिले गरेको उल्लेखनीय कार्य एंव योगदान स्पष्ट रुपमा खुलाईएको,
  • सम्बन्धित व्यक्तिले गरेको कार्य एवं योगदानबाट सार्वजनिक रुपमा प्रभाव स्थापित भएको,
  • एउटै मर्यादाक्रममा रहँदा जनसेवा श्री मानपदवी प्राप्त गरिसकेको व्यक्तिलाई अर्को पटक सिफारिस गर्दा सोही श्रेणीको राष्ट्रदीप मानपदवीका लागि सिफारिस गर्ने,
  • राष्ट्रसेवकको हकमा स्थायी नियुक्ति भएको मितिले ५ (पाँच) वर्ष सेवा अवधि पूरा भएको,
  • सुरक्षा निकायतर्फ वढुवा भएको मितिले १ (एक) वर्ष अवधि पुरा भएको,
  • यस पूर्व विभूषण पाएको भए सो मितिले ३ (तीन) वर्ष व्यतित भएपछि मात्र अर्को विभूषणका लागि सिफारिस गर्ने,

तर सार्वजनिक हित, लोककल्याण, राष्ट्रको गरिमा एवं गौरव बढाउने गरी उल्लेखनीय कार्य गर्नेको हकमा यो अवधि लागू हुने छैन ।

  • विभूषण सिफारिस गर्दा उच्च कार्यदक्षता तथा जेष्ठतालाई प्रमुख आधार मानिनेछ,
  • नेपाल सरकारबाट निजामती सेवा पुरस्कार पाईसकेको राष्ट्रसेवकलाई सो पुरस्कार पाएको ३ वर्ष व्यतित भएपछि मात्र अर्को विभूषणका लागि सिफारिस गर्न सकिनेछ,
  • दुर्गम क्षेत्र र कठिन परिस्थितिमा रही कार्य गरेका राष्ट्रसेवक कर्मचारीहरुलाई विभूषण सिफारिस गर्दा विशेष प्राथमिकता दिई सिफारिस गर्न सकिनेछ,
  • नेपाल सरकारको मनोनयद्वारा १ वर्ष भन्दा बढी असाधारण विदा, अध्ययन विदा लिई वैदेशिक अध्ययनमा गएको राष्ट्रसेवक कर्मचारीलाई वैदेशिक अध्ययनबाट फिर्ता भई हाजिर भई काम गरेको १ वर्ष पछि मात्र विभूषणको लागि सिफारिस गर्न सकिनेछ,
  • राष्ट्रसेवक कर्मचारीहरुलाई सिफारिस गर्दा सम्बन्धित निकायको प्रमुखबाट प्राप्त भएको सिफारिस एवं राय समेतलाई आधार मानिनेछ, तर कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्ने राष्ट्रसेवकहरुलाई मात्र सम्बन्धित प्रमुखले सिफारिस गर्नुपर्नेछ,
  • सर्वसाधारण तथा समाजसेवीहरुको हकमा प्रहरीबाट निजहरुको चालचलन समेत बुझ्न सकिनेछ,

विभूषण समितिले राष्ट्रिय हित, लोक कल्याण, श्रीवृद्धी, राष्ट्रको गरिमा र गौरव बढाउने गरी उल्लेखनीय कार्य गर्ने व्यक्तिहरुलाई विभूषण सिफारिस गर्न सक्नेछ।


पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .