Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

नेपाल सरकार

गृह मन्त्रालय

न्यून व्यान्डविथ Invert Color A- A A+

प्राप्त गरेको विभूषण कुन अवस्थामा रद्द हुन सक्छ ?

विभूषण ऐन, २०६४ बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषणलाई नेपाल सरकारले देहायको अवस्थामा रद्द गर्न सक्नेछः-

  • नेपालका विरुद्ध हातहतियार उठाएमा वा उठाउने कुचेष्टा गरेमा वा शत्रु राज्यलाई कुनै प्रकारबाट सहायता दिएमा वा नेपाल विरुद्ध जासुसी गरेमा,
  • नेपालले समेत भाग लिएको युद्धको समयमा नेपालको शत्रु राज्यको तर्पबाट युद्धमा भाग लिएमा,
  • आफूले प्राप्त गरेको विभूषण कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा,
  • आफूले प्राप्त गरेको विभूषणको मर्यादा विपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा।


पछिल्लो अपडेट गरिएको : 2079-04-23 17:04:48

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय

Powered By: ProActive Developers