नेपालमा हाल कुन कुन प्रकारको नागरिकता वितरण गरिन्छ ?
नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ बमोजिम नेपालमा हाल देहाय बमोजिमका नेपाली नागरिकताको प्रमाणपत्रहरू वितरण गर्ने व्यवस्था रहेको छः
- वंशजको आधारमा नेपाली नागरिकता
- अंगीकृत नेपाली नागरिकता (वैवाहिक अंगीकृत नेपाली नागरिकता सहित)
- गैर आवासीय नेपाली नागरिकता
- सम्मानार्थ नेपाली नागरिकता
