बि.सं. १९१० को मुलुकी ऐन, पृथ्वीनारायण शाहको दिव्योपदेश, राणाकालीन सनद सवालहरूमा नेपाली नागरिक र गैर नेपाली नागरिकको विभेदबारे उल्लेख छ । सो भन्दा पहिला नेपाली नागरिक र गैर नेपाली नागरिक छुट्याउन सकिने स्पष्ट आधार भेटिँदैन । नेपाल सरकार वैधानिक कानून २००४ र नेपालको अन्तरिम शासन विधान, २००७ मा नेपाली नागरिकताको प्रमाणपत्रको सम्बन्धमा स्पष्ट व्यवस्था नभएपनि नागरिकको निमित्त एकै किसिमको देवानी ऐन जारी गर्ने व्यवस्थालाई हेर्दा नागरिक र गैर नागरिक छुट्टिएको देखिन्छ । नेपालमा नागरिकताको नीतिगत थालनी वि.सं. २००९/०१/२६ बाट लागू भएको नेपाल नागरिकता ऐन, २००९ बाट भएको देखिन्छ ।
नेपालमा नागरिकतासम्बन्धी कानूनको ऐतिहासिक विकासक्रमः
मिति |
विवरण |
कैफियत |
२००९/०१/२६ |
पहिलो नागरिकता ऐन जारी भई लागू |
|
२०१९ |
नागरिकतासम्बन्धी विषयलाई प्रथमपटक संविधानमा समावेश |
नेपालको संविधान |
२०२०/११/१६ |
नेपाल नागरिकता ऐन, २०२० लागू |
|
२०२५ |
नेपाल नागरिकता नियमावली, २०२५ लागू भई नागरिकताको ढाँचा अनुसूची मैँ निर्धारण |
|
२०४६/०७/२३ |
भाग २ मा नागरिकतासम्बन्धी व्यवस्थासहित नयाँ संविधान जारी |
नेपाल अधिराज्यको संविधान |
२०४८ |
नागरिकता ऐन |
|
२०४९ |
नागरिकता नियमावली |
|
२०६३ |
भाग २ मा नागरिकतासम्बन्धी व्यवस्थासहित नयाँ संविधान जारी, २०४६ साल चैत्र मसान्तलाई आधार बर्ष मानी जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था |
नेपालको अन्तरिम संविधान |
२०६३/०८/१० |
नेपाल नागरिकता ऐन, २०६३ जारी भई लागू |
|
२०६३ |
नेपाल नागरिकता नियमावली, २०६३ जारी भई लागू |
|
२०६३ |
नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ |
|
२०६६/०४/१९ |
राजपत्रमा नागरिकता नियमावलीमा रहेका अनुसूची हेरफेरसम्बन्धी सूचना प्रकाशन (अंग्रेजीमा विवरण समावेश गर्ने लगायत) |
|
२०६३ पश्चात् |
जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न सफ्टवेयरहरू निर्माण एवं प्रयोग गरी सञ्चालयमा ल्याईएको |
|
२०६८ |
पहिलोपटक मन्त्रालयबाट नै CCDS (Citizenship Card Distribution System) सफ्टवेयर बनाई तीनवटा जिल्ला प्रशासन कार्यालयहरू ललितपुर, भक्तपुर र मुस्ताङमा कम्प्युटरमार्फत नागरिकता प्रमाणपत्र वितरण कार्यको थालनी |
|
२०६८ |
CCDS मा थप सुधार गरी थप ५८ वटा जिल्ला प्रशासन कार्यालयहरूमा विस्तार तथा अन्य प्रणालीमा भएका डाटा समेत CCDS मा Migration |
|
२०६९ |
Desktop Based CCDS मा रहेका समस्या समाधान गरी कम्प्युटरमार्फत नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन Web-based Citizenship Information Management System (CIMS) निर्माण गरी सञ्चालनमा ल्याईएको । उक्त प्रणालीमा जिल्ला/इलाका/सीमा प्रशासन कार्यालयहरूमा Local रूपमा Server Set Up गरी मन्त्रालयमा रहेको Central Server मा Data Synchronize हुने व्यवस्था मिलाईएको । |
|
२०६६/०८/०१ |
नागरिकता प्रमाणपत्रमा अंग्रेजीमा समेत विवरण समावेश गर्ने व्यवस्था लागू, |
|
२०६९/०९/१६ |
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धि निर्देशिका, २०६९ स्वीकृत भई लागू |
|
२०७० |
नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका जारी |
|
२०७५ |
नागरिकता प्रमाणपत्रको डाटा हेर्नेमात्र पहुँच दिनेसम्बन्धी कार्यविधि जारी |
|
२०७७ |
CIMS लाई Upgrade गरी कुनै एक जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्रको गैर जिल्लाबाट प्रतिलिपी जारी गर्न सकिने, फोटो अनुसूची लगायतका कागजातहरू System मा Upload गर्न सकिनेजस्ता Features थप |
|
२०७८ |
नागरिकतासम्बन्धी Centralized System निर्माण हुँदै |
|
© All Rights Reserved to Ministry of Home Affairs
Powered By: ProActive Developers