Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिचालित होईन स्वचालित हुन गृहमन्त्री बादलको निर्देशन

2075-01-07

2075-01-07


परिचालित होईन स्वचालित हुन गृहमन्त्री बादलको निर्देशन
काठमाडौँ, ६ बैशाखः गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई परिचालित होईन स्वचालित भएर काम गर्न निर्देशन दिनुभएको छ ।
आज गृह मन्त्रालयमा दोस्रो चौमासिक समिक्षा तथा गृहमन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री बादलले भन्नुभयो,‘‘ बैठक, निर्देशनपछि केही दिन स्वस्फुर्त रुपमा कामका लागि परिचालित हुने फेरी निश्क्रिय हुने अहिलेको परीपाटी देखियो । अब परिचालित होईन सँधै सक्रिय भएर आफै स्वचालित भईराख्नुहोस्।’’
उहाँले कर्मचारीसँग कार्यसम्पादन करार गरेर सोही अनुसार काम गरे नगरेको आधारमा उसको मुल्यांकन गर्ने पद्धतिको विकास गर्न लागिएको जानकारी दिनुभयो।

गृहमन्त्री बादलले मन्त्रालयको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिवद्ध भएर काम गर्न निर्देशन दिनुभयो।
उहाँले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिईने स्ष्पट पार्नुभयो।
उहाँले गृह अन्तर्गतका निकायको पूजिगत खर्च कम भएको देखिएको भन्दै सो बढाउन आवश्यक गृहकार्य गर्न निर्देशन दिनुभयो।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, प्रहरी किताबखानाको चालु आर्थिक वर्ष २०७४/७५को दोस्रो चौमासिकको प्रगति विवरण प्रस्तुत गरीएको थियो ।

Image may contain: 2 people, people sitting, table and indoor

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .