Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

शुक्रबार, असार ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सम्पन्न

2081-08-24

2081-08-24


- मंसिर २४, २०८१।

माननीय गृहमन्त्री रमेश लेखकज्यूको प्रमुख आतिथ्यमा नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित एक दिवसीय कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। उक्त गोष्ठीमा कर्णाली प्रदेशका मुख्य मन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्री, कर्णाली प्रदेशका प्रमुख सचिव, नेपाल प्रहरी महानिरीक्षक, सशस्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, नेपाली सेनाका उपरथी, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमूख,  कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी एवं जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।

      

गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो। उक्त अवसरमा गृहमन्त्रीज्यूले गोष्ठी परिणाममूखी हुनुपर्नेमा जोड दिँदै चुनौतीका रूपमा रहेका साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, बढ्दो सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष सक्रियताकासाथ कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो। प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सबै सरोकारवाला निकायबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीज्यूले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-05 13:12:26

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .