Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यसम्पादन सम्झौताको मूल्याङ्कन प्रतिवेदन, २०७९ सार्वजनिक

2079-04-20

2079-04-20


मिति २०७९ साउन १९, काठमाडौं।

गृह मन्त्रालय र मातहत निकायका पदाधिकारीहरूसँग आ.व. ०७८/७९ मा भएको कार्यसम्पादन  सम्झौताको मूल्याङ्कन गर्ने प्रयोजनार्थ गठित समितिबाट वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याङ्कन प्रतिवेदन पेश गरिएको छ । समितिका संयोजक तथा मन्त्रालयका नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा. भीष्मकुमार भूसाल र मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख टेक बहादुर के.सि.ले गृहसचिव समक्ष मूल्याङ्कन प्रतिवेदन पेश गर्नुभएको हो। सो प्रतिवेदन अनुसार कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा ९७.७५ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय, गुल्मी सर्वोत्कृष्ट भएको छ भने क्रमशः ९७ प्रतिशत प्राप्त गरी जिल्ला प्रशासन कार्यालय, अर्घाखाँची, ९६.७५ प्रतिशत प्राप्त गरी जिल्ला प्रशासन कार्यालय, नवलपरासी पूर्व,  ९६ प्रतिशत प्राप्त गरी जिल्ला प्रशासन कार्यालय, रूकुम पश्चिम,  र ९५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय,डडेलधुरा र जिल्ला प्रशासन कार्यालय, हुम्ला उत्कृष्ट अंक प्राप्त गर्ने पाँच जिल्लाभित्र पर्न सफल भएका छन् ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .