Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कैलाली जिल्लाको सबै स्थानीय तहबाट प्रणालीमार्फत् नागरिकता सिफारिस

2080-12-29

2080-12-29


चैत्र २९, २०८० ।
 
मिति २०८० चैत्र १ गतेको गृह मन्त्रालयको विज्ञप्ति अनुसार नागरिकता प्रमाणपत्र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित एवं प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ स्थानीय तहहरुले अनलाइन प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने सम्बन्धमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट नगरपालिकाबाट चैत्र १५ बाट प्रणाली प्रयोग गरी नागरिकता सिफारिस गर्ने कार्यकाे शुभारम्भ भएपश्चात् सोही जिल्लाको अन्य ३ नगरपालिकाबाट समेत सो कार्य सुरुवात भईसकेको छ। कैलाली जिल्लाले पनि २०८० चैत्र २५ देखि धनगढी उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरुबाट  प्रणाली प्रयोग गरी नागरिकता सिफारिस गर्ने कार्यको सुरुवात गरेकोमा हाल कैलाली जिल्लाका १३ वटै स्थानीय तहबाट प्रणालीमार्फत् नागरिकता सिफारिस गर्ने कार्य भईरेहको छ।
कैलाली जिल्लाको धनगढी उप-महानगरपालिकामा चैत्र २५ ;  भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा चैत्र २६ ; लम्की-चुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा चैत्र २७ एवम् गोदावरी नगरपालिका र चुरे गाउँपालिकामा चैत्र २८ देखि प्रणाली प्रयोग सुरु गरिएको हो।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .