Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रमुख जिल्ला अधिकारीहरूसँग कार्यसम्पादन सम्झौता गरिदै

2075-09-15

2075-09-15


उपत्यकाका तीन प्रजिअसँग कार्यसम्पादन सम्झौता

काठमाडौँ, १५ पुस । गृहमन्त्रालयले काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सँग आज कार्यसम्पादन सम्झौता गरेको छ ।  गृह सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य,  ललितपुर प्रजिअ प्रेमराज जोशी र भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले आज गृहमन्त्रालयमा कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

शान्ति सुरक्षा र अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन गरी ६ बुँदामा प्रजिअको मुल्यांकन गरीनेछ । अन्तर्राष्ट्रिय सिमा जोडएका जिल्लाहरुमा १०२  पुर्णाङ्क र सिमा नजोडएका जिल्लाहरुमा ९९ पुर्णाङ्क रहने छ । प्रजिअले गरेका कामका आधारमा निश्चित कामका लागि निश्चित अङक प्रदान गरीने सम्झौतामा छ ।
कार्यक्रममा गृहसचिव राईले पहिलो चरणमा आज तीन जिल्लाका प्रमुख अधिकारीसँग सम्झौता गरीएको जानकारी दिँदै केही दिनमै सबै जिल्लाका प्रमुख अधिकारी र मन्त्रालयका सबै विभागिय प्रमुखसँग सम्झौता गरीने जानकारी दिनुभयो । उहाँले आवश्यकता अनुसार मन्त्रालयका विभागिय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफूभन्दा तलका अधिकारीसँग पनि कार्यसम्पादन सम्झौता गर्नसक्ने बताउनुभयो । उहाँले सम्झौताले काम गर्ने प्रमुख जिल्ला अधिकारीको पहिचान गर्न र मुल्यांकन गर्न सहज हुने विश्वाँस व्यक्त गर्नुभयो ।
उहाँले भन्नु भयो, ‘ सम्झौताले सबैमा काम गर्न थप उत्साह प्रदान गर्नेछ । प्रमुखहरुलाई मेरो कामको मुल्याकंन भईरहेको छ भनी आफ्नो जिम्मेवारी पुरा गर्न  प्ररित गर्नेछ । ’ काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्न समेत सम्झौताले भूमिका खेल्ने गृहसचिव राईको भनाई छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेसँगै गत वर्ष चैत १९ गते उहाँले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिक गर्नुभएको थियो । सो कार्ययोजनाको बुँदा नं २६ मा ‘ विभागिय प्रमुख र कार्यालय प्रमुख, निजामति र प्रहरी कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्न कार्यविवरण र सूचक तयार गरीने र कार्यसम्पादन करार गराई  विभागिय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई खटाउने ’ उल्लेख छ ।
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .