लागुऔषध प्रयोगकर्ताहरूको लागि उपचार, तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ बमोजिम देहाय बमोजिमका केन्द्र स्थापना गर्न सकिने व्यवस्था छ ।
नेपाल सरकारको लगानी र व्यवस्थापनमा सञ्चालन हुने केन्द्र,
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको लगानी र व्यवस्थापनमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले कुनै समुदाय वा गैरसरकारी संस्थासँग साझेदारी गरी सञ्चालन हुने केन्द्र,
गैरनाफामुलक संस्थाको रुपमा दर्ता भएको संस्थाबाट सञ्चालन हुने केन्द्र,
प्रचलित कानून अनुसार व्यवसायको रुपमा दर्ता गरी सञ्चालन हुने केन्द्र ।