Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

आईतवार, असार ७, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
इमेल sugyamibigad@gmail.com
सम्पर्क नं

01-4211271

महाशाखा आन्तरिक व्यवस्थापन महाशाखा

प्रमुख सेवाहरु

प्रमुख सेवाहरुः-
१.    विभूषणको लागि योग्य व्यक्तिहरुको नाम प्राथामिकताको आधारमा सिफारिसको लागि पत्राचार गर्ने।
२.    विभिन्न निकायहरुबाट आएका विभुषणका लागि सिफारिसहरु संकलन गर्ने ।
३.    विभूषण सिफारिसका क्षेत्र, आधार एवम् मापदण्ड बमोजिम सिफारिसहरुको प्राथामिकरण एवम् वर्गीकरण गर्ने ।
४.    विभूषण सिफारिस कार्यविधि तथा प्रदान सम्वन्धी मापदण्ड,२०७५ अनुसार विभूषण (मानपदवी, अलङ्कार र पदक) हरुका लागि तोकिएको संस्था तथा क्षेत्र अनुसार नामावली तयार गर्ने ।
५.    विभूषण सिफारिस समिति मार्फत विभूषणका लागि अन्तिम नामावली तयार गर्ने ।
६.    विभूषण प्रदान गर्नका लागि नेपाल सरकार मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश गर्ने ।
७.    विभूषित हुने महानुभावहरुको नामावली घोषण, सूचना प्रकाशन,वेवसाइटमा राख्ने ।
८.    नाम, थर, वतन र विभूषण फरक पर्न गएमा विभूषण समितिको सचिवालयमा प्राप्त निवेदन अनुसार संशोधन र राजपत्रमा प्रकाशन गर्ने।
९.    विभूषण निर्माणको लागि समन्वय, सहजीकरण, अनुगमन नीरीक्षण गर्ने र निर्माण भएका विभूषणहरु सम्बन्धित निकायहरुबाट बुझि लिने ।
१०.  आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको समन्वयमा विभूषण सुशोभन समारोह तयारी र व्यवस्थापन
११.  विभूषण सुशोभनका लागि आवश्यक पदक अधिकारपत्र तयारी अवस्थामा राख्ने र विभूषण सुशोभन कार्यक्रम सम्पन्न गर्ने।
१२.  विभूषण सुशोभनमा अनुपस्थित रहेका व्यक्तिहरुको एकवर्षसम्म उचित कारण खुलाई प्रक्रिया पूरा गरी आएमा विभूषण बुझाउने ।
१३.  विभूषण समिति तथा उप समितिहरुको आवश्यकतानुसार वैठक व्यवस्थापन गर्ने ।
१४.  शाखा सम्बन्धी अति गोप्य र महत्वपूर्ण कागजातहरुको व्यवस्थापन गर्ने, गराउने ।



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-06 10:29:08

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .