कर्मचारी प्रशासन शाखाको सूचना
सामान्य प्रशासन मन्त्रालयको मिति २०७०।५।२८ को निर्णयानुसार यस मन्त्रालय वा अन्तर्गत समायोजन पदस्थापना भई आउनु भएका नायब सुब्बाहरुको पदस्थापना गर्ने सम्बन्धमा जेष्ठताको आधारमा कर्मचारीहरुको रुची अनुसार पदस्थापनाको लागि यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन (मिति २०७०।६।१०) भित्र यस मन्त्रालयको कर्मचारी प्रशासन शाखामा आफ्नो प्राथमिकताक्रम बमोजिमको निवेदन पेश गर्न सम्बन्धित सबैलाई सूचित गरिन्छ । निजामती सेवा नियमावली २०५० अनुसार रा.प.अनं. श्रेणीका कर्मचारीहरुलाइ सकेसम्म घरपायक पर्ने गरी पदस्थापना गरिने र दरबन्दी संख्या एवं स्थायी ठेगाना बीचमा तालमेल भएसम्म सोही बमोजिम र पद नभएमा सकेसम्म घरपायक नजिक पर्ने गरी पदस्थापना हुने व्यहोरा जानकारी गराइन्छ । साथै निवेदन पेश गर्दा अनिवार्य रुपमा आफ्नो स्थायी ठेगाना र उमेर सहित प्राथमिकता क्रमका कार्यालय रोज्नु पर्नेछ यसरी नरोजेमा व्यवस्थापनबाटै जुनसुकै कार्यालयमा पदस्थापना गर्न सक्ने हुँदा सम्पूर्ण विवरण खुल्ने गरी निवेदन पेश गर्नु हुन जानकारी गराईन्छ ।
यससंग साथै संलग्न जोडिएका विवरणहरु
| शिर्षक | आकार | डाउनलोड गर्नुहोस् |
|---|---|---|
| नायब सुब्बाको पदस्थापना सम्मबन्धी विस्तृत सूचना | 93.51 KB |
डाउनलोड गर्नुहोस्
|
| पदस्थापना सम्बन्धी विस्तृत सूचना | 63.35 KB |
डाउनलोड गर्नुहोस्
|
