नेपाल सरकार
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल


बढुवा सिफारिस प्रहरी संगठनको हितमा, नियतवश कसैलाई अन्याय गरेको छैन– गृहमन्त्री शर्मा

बढुवा सिफारिस प्रहरी संगठनको हितमा, नियतवश कसैलाई अन्याय गरेको छैन– गृहमन्त्री शर्मा

साउन १, काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाल प्रहरीका एआईजी, डिआईजी र एसएसपी पदमा भएको बढुवा सिफारिस संगठनको हितमा भएको बताउन ुभएको छ । ५९ औं प्रहरी संचार दिवसको अवसरमा आईतबार प्रहरी प्रधान कार्यालयमा अयोजित कार्यक्रमलाई संबोधन गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘बढुवा गर्दा कतिपय व्यक्ति विशेष मर्कामा परेका छन्, त्योकुरा मलाई थाहा छ ।’

प्रहरीलाई संस्थागत रुपमा बढुवाले न्याय गरेको उल्लेख गर्दै उँहाले भन्नुभयो, ‘ व्यक्तिलाई अन्याय परेको होला, नियतबश अन्याय गरेको छैन, समस्या र परिस्थतीले सवै व्यक्ति सिमीत कोटामा पर्न सकेनन् ।’

‘रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको छ’ उँहाले भन्नुभयो, ‘कसैलाई मर्का परेको होला फेरी पनि संबोधन गरौंला ।’

धेरै जवान र अधिकृत बाट गराईरहेको काम एउटा प्रविधीले गर्न सक्ने अवस्था आएको उल्लेख गर्दै, उँहाले संगठनको स्वरुप बदल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

 ‘आज हामीलाई प्रविधीयुक्त स्मार्ट पुलिसीङ आवश्यकता छ’ उँहाले भन्नुभयो, ‘अहिले प्रविधी प्रयोगको सामान्य अवस्थामा तत्कालै हामीलाई प्रविधीयुक्त प्रहरी बनाउनु पर्ने छ ।’

प्रविधीयुक्त प्रहरीले मात्र प्रहरीको ड्युटी पुरा गर्न सक्ने उल्लेख गर्दै मन्त्री शर्माले जनताको पहिलो सहारा प्रहरी भएको बताउनुभयो ।

‘प्रहरीसम्म जनताको पहुँचलाई पु¥याउने सवालमा हाम्रा समस्याहरु छन्, अझैपनी कतिपय स्थानमा हाम्रो समाजमा पुलिस भनेपछी भाग्नुपर्ने अवस्थापनि छ’ उँहाले भन्नुभयो, ‘जनताको प्रत्यक्ष पहुँचमा हामी पुग्नकालागि प्रविधी मुख्य कुरा हो, हाम्रो व्यवसायिकता र पादरर्शीतालाई प्रविधीले नै सुदृढ बनाउँछ ।’  

प्रहरीका संगठनका लागि आवश्यक केही थप ऐन कानुनको आवश्यकता रहेको उल्लेख गर्दै उँहाले राष्ट्रिय सुरक्षाको सन्दर्भमा नयाँ ढंगले परिभाषित र परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

 ‘समयको गतिशिलतासँगै नियमकानुन, हाम्रो माईन्ड सेट र काम गर्ने तरिकामा पनि परिवर्तन आवश्यक छ’ उँहाले भन्नुभयो ।

अबको प्रहरी ‘टोपाराम’ ले पुग्दैन

गृहमन्त्री शर्माले आफुले बाल्यकालमा सवैभन्दा पहिला टोपाराम ठान्दार नामको प्रहरी देखेको स्मरण गर्दै अवको समयमा टोपाराम ठान्दारले मात्र नपुग्ने बताउनुभयो । ‘मैले सवैभन्दा पहिले देखेको प्रहरी टोपाराम ठान्दार स्मार्ट थिए,  त्यतिवेला तिनी ठिक थिए तर आज टोपाराम ठान्दारले पुग्छ त ?’ उँहाले भन्नुभयो, ‘हिजो टोपाराम देख्दा मान्छे भाग्थे तर अहिलेको प्रहरीले जनतालाई नजिक ल्याउनु पर्ने छ ।’

साईबर क्राईम कसरी नियन्त्रण गर्ने भन्नेबारे श्रिलंकामा भर्खरै सम्पन्न गृहमन्त्री स्तरीय बैठकमा छलफल भएको जानकारी दिँदै उँहाले भन्नुभयो, ‘साईबर क्राईम नियन्त्रण गर्नेबारे हामीले निर्णय गरेका छौं, एक देशले अर्को देशलाई कसरी सहयोग गर्ने भन्नेबारे पनी छलफल भएको छ ।’

नेपाल प्रहरीको कम्युटर शाखा र सञ्चार शाखालाई समन्वयन गर्न सकिने उल्लेख गर्दै त्यसका लागी योजना बनाएर ल्याउने उँहाले निर्देशन दिनुभयो ।

प्रोपोगान्डा बन्द गर्नुस !

‘प्रहरीमा कम्युटर र सञ्चार बाहेक अर्को एउटा शाखा छ, हरेक उपल्ला स्तरका प्रहरीले सञ्चालन गर्ने प्रोपोगान्डा शाखा’ उहाँले भन्नुभयो, ‘त्यो शाखा बाहिर छ हरेकका आफ्ना अफिस र कर्मचारी छन्, त्यो शाखा बन्द गर्नुस चलाउन पाईदैन ।’

जनतालाई आवश्यक सुचना प्रहरी प्रधान कार्यालयबाट तत्काल दिन निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘स्ुचना दिने भनेको जनतालाई हो, पत्रकार माध्यम मात्र हुन् तर हामीले सुचना दिने भनेपछी पत्रकार मात्र बुझेका छौं ।’

‘संघियतामा कसरी जाने भन्नेकुरा छलपलको विषय छ, संघियता अधिकारको हस्तान्तरण हो सम्बन्ध विच्छेद हैन’ उँहाले भन्नुभयो, ‘अधिकारको हस्तन्तरण गर्दै राष्ट्रको हितमा काम गर्नु संघियता हो, यसले समस्या ल्याउँदैन ।’

प्रहरी संगठनका हरएकको दिमाग सरुवा र बढुवामा मात्र गएको उँहाले बताउनुभयो । ‘हरेकको दिमाग सरुवा र बढुवामा मात्र गएकाले समस्या पैदा भएको रहेछ’ उँहाले भन्नुभयो, ‘प्रहरी एकेडेमीले तालिम गराउने बाहेक अनुसन्धानको काम पनि गर्नुपर्छ, अनुसन्धानको कार्यशाला सञ्चालन गर्नुपर्छ, तालिम मात्र गरेर हुँदैन ।’ 

 


© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय