नेपाल सरकार
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गृहमन्त्री शर्माको छड्के

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गृहमन्त्री शर्माको छड्के

असार २२, काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के निरीक्षण गर्नुभएको छ । बिहीबार साँझ अकस्मात विमानस्थल पुग्नुभएका शर्माले गृह प्रशासन मातहतका ईकाइहरुको काम कारवाहीबारे निरीक्षण गर्नुभएको हो । 

अध्यागमन विभागका ईकाहरुको काम कारवाही तथा कर्मचारीको उपस्थिती निरीक्षण गर्दै मन्त्री शर्माले विमानस्थलको कन्ट्रोल रुम तथा सिसीटिभी कक्षको अवलोकन गर्नु भयो । 

उँहाले विमानस्थलको आगमन कक्ष तथा प्रस्थान कक्षमा कार्यरत अध्यागमन विभागका कर्मचारीहरुको उपस्थिती तथा हाजिरी पुस्तिका निरीक्षण गर्नुभएको थियो । 

विमानस्थलको एक्सरे मेशिन तथा सिसीटीभी कक्ष निरीक्षण गर्दै मन्त्री शर्माले त्यहाँ कार्यरत कर्मचारीहरुसँग सोधपुछ पनि गर्नु भयो ।

निरीक्षणका क्रममा विभानस्थलका एयर कन्डिसन्, तथा केही सिसीटिभी बिग्रीएको पाईएको छ । विमानस्थलमा रहेको ३४१  सिसिटीभी मध्ये ३०८ ओटा मात्रै चालु अवस्थामा रहेको सिसीटिभी कक्षमा कार्यरत प्रहरी जवान विक्रम तामाङले मन्त्री शर्मालाई जानकारी गराउनुभएको थियो । 

आगमन कक्षका अध्यागमन अधिकृत केशव प्रसाद रिजालले साँझको सिफ्टमा कार्यरत कर्मचारीको विवरण तथा काम कारवाही बारे मन्त्री शर्मालाई जानकारी गराउनु भयो ।

पौने ७ बजे एयरपोर्ट पुग्नुभएका मन्त्री शर्मा एकघण्टा पछी एयरपोर्टबाट बाहिरीनु भएको थियो ।     


© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय