गृहमन्त्री जनार्दन शर्मा प्रभाकरसँग नेपालकालागि कतारका राजदुतको भेटवार्ता
असार १६, २०७४ । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरसँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहमद अल हेलले शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
आज गृहमन्त्रालयमा भएको भेटवार्तामा कतार र नेपालबिचको मैत्रीपुर्ण सम्बन्ध तथा आपसी समझदारीबारे दुबैपक्षबिच चर्चा भएको थियो ।
गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कतारको विकासमा नेपाली श्रमिकहरुको पनि लगानी भएकोले कतारको समृद्धीमा नेपाल पनि संतुष्ट भएकोे बताउनु भयो ।
मन्त्री शर्माले दुबै राष्ट्रबिच आपसी सहयोग आदान प्रदान गर्न आवश्यक रहेको बताउदै सन २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताकालागि सुभकामना दिनु भएको थियो ।
यसैगरी राजदुत युसुफ बिन मोहमद अल हेलले भर्खरै सम्पन्न पहिलो र दोस्रो चरणको स्थानिय निर्वाचन व्यवस्थित तथा शान्तिपुर्ण ढंगले सम्पन्न गराउन सफल भएकोमा गृहमन्त्री शर्मालाई बधाई दिनु भयो ।
राजदुत हेलले कतारमा हुन लागेको विश्वकपको तयारी लगभग पुरा भएको जानकारी गराउदै सधैका लागि नेपालसँगको मैत्रीपुर्ण सम्बन्धको अपेक्षा गरेको बताउनु भयो ।
