उजुरी वा गुनासो
पत्राचार गर्ने ठेगाना
गृह मन्त्रालय
सिंहदरवार, काठमाडौं
सम्पर्क नम्बर
फोन नं : +९७७-१-४२११२०८
+९७७-१-४२११२१४
टोल फ्रि : १११२ (निशुल्क)
फ्याक्स : +९७७-१-४२११२५७,
+९७७-१-४२११२८६
इमेल : gunaso@moha.gov.np
प्रहरी सेवाको लागी
फोन नं : १०० ((निशुल्क)
जिल्ला प्रहरी कार्यालय सम्पर्क नम्बर
गृह मन्त्री जर्नादन शर्मासँग फ्रान्सेली राजदुत वेश कारमोनाको शिष्टाचार भेटघाट
फ्रान्सेली राजदुत वेश कारमोनाले गृह मन्त्री जर्नादन शर्मासँग शिष्टाचार भेटघाट गर्नु भएको छ ।
आज गृह मन्त्रालयमा भएको भेटघाटका क्रममा गृह मन्त्री जर्नादन शर्माले फ्रान्स र नेपालबीच लामो समयदेखि सौहार्दपुर्ण सम्बन्ध रहेको र आपसी समझदारी कायम रहने बताउनु भयो ।
मन्त्री शर्माले समसामयिक विषयबारे जानकारी गराउदै स्थानिय निर्वाचनले राजनीतिक स्थायित्व कायम हुने र विकासको स्वस्थ्य प्रतिस्पर्धाको विकास हुनेमा जोड दिनु भयो ।
शर्माले दोस्रो चरणको निर्वाचन पनि निर्धारित समयमा सम्पन्न हुने बताउदै प्रदेश र संघको निर्वाचनको तयारी भई रहेको उल्लेख गर्नु भयो ।
यसैगरी फ्रान्सेली राजदुत कारमोनाले नेपालसँग निकटतम सम्बन्ध रहेको भन्दै, विभिन्न आपराधिक गतिवीधी समेत साझा सहकार्यमा नियन्त्रण भएको जिकीर गर्नु भयो ।
फ्रान्स र नेपालबीच २००६ देखि कुटनीतिक सम्बन्ध जोडिएको हो ।
